सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेकाे छ काराेबार ?
वि.सं.२०७९ जेठ १५ आइतवार १८:२५
shares

आज सुनचाँदीको कारोबार मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनचाँदीको बजार मूल्य तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ ।
























