काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिन्ध्यबासिनी हाइड्रोपावरले १५ करोडको आइपीओ जेठ २० मा निष्काशन गर्दै

12.71K
shares

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

कुल निष्काशन गरिने सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओ जेठ २० गते शुक्रबारदेखि २५ गते बुधबारसम्म बिक्री खुला हुनेछ । आइपीओमा मेरो सेयरको मोवाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिनेछ । यसैगरी नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशनका लागि कम्पनीे गराएको रेटिंगमा कम्पनीलाई केयर रेटिंग नेपालले ‘केयर एनपी डबल बी प्लस आईएस’ रेटिंग प्रदान गरेको छ ।

यो रेटिंग प्राप्त संस्थाले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दामा जारी पूँजीको १० प्रतिशत आइपीओ वितरण गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत सेयर बिक्री खुला गरिएको हो । कम्पनीमा जारी पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्ममा वास्तविक प्रतिसेयर नेटवर्थ ११९.३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ९.६८ रुपैयाँ छ । कम्पनीले कास्की जिल्लामा ८.८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६.६ मेगावाट क्षमताको रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण लागत १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।