काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत

15.79K
shares

स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको स्थानीय तह काठमाडौं महानगरपालिका । निर्वाचन भएको १४ दिनपछि मतगणना सकिएर जनप्रतिनिधि आएका छन् । यो निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह  निर्वाचित भएका छन् । यस्तै उपमेयरमा एमालेबाट सुनिता डंगोल आएकी छिन् ।

मतपरिणामअनुसार बहुमत वडाध्यक्षसहित नेपाली कांग्रेसबाट नगरसभा सदस्यहरु आएका छन् ।

प्रमुख, उपप्रमुख, महानगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर काठमाडौं महानगरको ४२ सदस्यीय नगर कार्यपालिका बन्छ । जसमा नेपाली कांग्रेसको बहुमत रहने छ ।

महानगरमा नेपाली कांग्रेस १९ वटा वडा जितेको छ ।