गृहपृष्ठ महालक्ष्मी विकास बैंकको वार्षिकाेत्सवमा वित्तीय क्षेत्रकै बढी रगत संकलन
महालक्ष्मी विकास बैंकको वार्षिकाेत्सवमा वित्तीय क्षेत्रकै बढी रगत संकलन
महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत कुल १ हजार २८ पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरुमार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको बैंकको दावी छ ।
बिचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगंज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनीमा १५ पिन्ट रगत संकलन भएको हो ।
स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउदा दिनहरुमा पनि प्रभाकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।
२८औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रकाशित समय : २०:१२ बजे



















