गृहपृष्ठ बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास  

बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास  

बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास  

ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उद्देश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् ।

उनले युट्युब च्यानल ऊबेलामार्फत् गीत र भिडियो सार्वजनिक गरेका हुन् ।

गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए ।

 

उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नु हुँदैन । यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित मिल्ने र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने उनले जनाए ।

‘नराम्रो बाटो भन्नाले अल्मलमा पर्नु पर्दैन, स्पष्ट छ जनताको लागि काम नगरीकन आफ्नो र आसेपासेको मात्र भलो चिताउने– जस्तो हाल धेरैले गरिरहेका छन्, भ्रष्ट कामकारवाही र भ्रष्टाचारलगायतका कुराहरु पर्छन् मेरो विचारमा,’ नराम्रो बाटो भन्नाले कस्तो भनेर सोधिएको प्रश्नमा नित्यले भने।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु