काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तीन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा सामान्य वृद्धि

7.59K
shares

तीन दिनदेखि लगातार स्थिर रहेको सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएकाे छ । आज सुनकाे प्रतितोला मूल्य २ सय रुपैयाँ बढेको हो ।

आजकाे लागि छापावाल सुनकाे कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबार ५ रुपैयाँ बढ्दै प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीकाे प्रतितोला मूल्य १२ सय ७० रुपैयाँ थियो ।