गृहपृष्ठ खैरो हिरोइनसहित ६ जना पक्राउ

खैरो हिरोइनसहित ६ जना पक्राउ

खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रहरीले खैरो हिरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ, झापाका २४ वर्षीय योगेशकुमार सेलिङ, झापाका १९ वर्षीय हरदीप राजवंशी र भारतको पश्चिम बंंगालका २३ वर्षीय अर्जुन रोयलाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अवैध रुपमा लागुऔषध कारोबार गरेको अभियोगमा झापा र काठमाडौँबाट उनीहरुलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको खैरो हेरोइनको मूल्य अन्दाजी रु २४ लाख ६० हजार बराबर रहेको ब्युरोले जनाएको छ । 

पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागुऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

प्रकाशित समय : ००:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु