९८ हजार रूपैयाँ पुग्याे सुनको मूल्य
वि.सं.२०७९ जेठ ८ आइतवार १७:३५
shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रूपैयाँ पुगेकाे छ । शुक्रबारकाे तुलनामा आज ७०० रुपैयाँले बढेपछि प्रतिताेला छापावाल सुनकाे मूल्य ९८ हजार रूपैयाँ पुगेकाे हाे ।
गत शुक्रबार प्रतितोला छापावाल सुन ९७ हजार ३०० रूपैयाँमा कारोबार भएको थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ । तेजावी सुनकाे मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य यथावत रही एक हजार २७० रुपैयाँ तोकिएको महासंघले जनाएकाे छ ।

























