global ime bank Long Banner Ad

गृहपृष्ठ मतगणना सकिएका ६३८ स्थानीय तहमा कुन पार्टीले कति जिते ?

मतगणना सकिएका ६३८ स्थानीय तहमा कुन पार्टीले कति जिते ?

मतगणना सकिएका ६३८ स्थानीय तहमा कुन पार्टीले कति जिते ?

गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न भएकाे निर्वाचनअन्तर्गत हालसम्म ६३८ वटाकाे अन्तिम मत परिणाम आइसकेकाे छ ।। निर्वाचन आयोगका अनुसार शुक्रबार दिउँसाेसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ ।

त्यसपछि क्रमश: नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा जित निकालेका छन् । कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको हाे ।

यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो । नेकपा माओवादीले मतगणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा प्रमुख तथा अध्यक्ष जितेकाे छ । कुल १११ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन् ।

जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो । नेकपा (एकीकृत समाजवादी)ले हालसम्म १४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित हासिल गरेकाे छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका उम्मेदवार प्रमुख तथा अध्यक्षमा विजयी भएका हुन् ।

लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कुल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १.०९ प्रतिशत हो । आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ ओटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

त्यसैगरी केही समयअघि मात्र मूलधारकाे राजनीतिमा प्रवेश गरेकाे सीके राउत नेतृत्वकाे जनमत पार्टीले पनि केही स्थानमा विजय हासिल गरेकाे छ । कारागारमै रहेकाे रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरू समेत सुदूरपश्चिमका केही पालिका प्रमुखमा विजयी भएका छन् ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु