nmb bank

गृहपृष्ठ मधेस प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती गाउँपालिका उपाध्यक्षमा पराजित

मधेस प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती गाउँपालिका उपाध्यक्षमा पराजित

मधेस प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती गाउँपालिका उपाध्यक्षमा पराजित

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन स्थानीय तह निर्वाचनमा पराजित भएकी छन् । जसपाबाट खातुन पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा चुनाव लडेकी थिइन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी बविता सिंह ५५३१ मत ल्याएर विजयी भएकी छन् । ३१२३ मत ल्याएकी खातुन निकटम प्रतिस्पर्धीसमेत बन्न सकिनन् । विजयी सिंहको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिरादेवी कुर्मी ३३४५ मत पाएकी छन् ।

गाउँपालिका अध्यक्षमा समेत त्यहाँ जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादव पराजित भएका हुन् । अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त यादव ५७४९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मो. सलिम मंसुर ३९२६ मत ल्याएर पराजित भए । जसपाका यादव मात्र ३४४७ मतमा सीमित बनेका छन् ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु