nmb bank

गृहपृष्ठ नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, राप्रपाको शक्ति भत्कियो

नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, राप्रपाको शक्ति भत्कियो

नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, राप्रपाको शक्ति भत्कियो

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा दोब्बर मतअन्तरसहित नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उपमेयरमा भने जसपाका कमरुद्दीन राई विजयी भए । विष्टले २३ हजार ४६० मत पाए भने एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए ।

राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो । जबकि यहाँ अघिल्लो कार्यकाल राप्रपाले चलाएको थियो । भारी मतका साथ राप्रपाका धवलशमसेर राणाले उपमहानगर चलाएका थिए । तर अहिले निर्वाचनमा राप्रपा तेस्रो स्थानमा खुम्चिएको छ ।

उपमेयरमा जसपाका उम्मेदवार कमरुद्दीन राईले १७ हजार ९५० मतसहित विजयी भएका हुन् । एमाले उम्मेदवार शान्तिदेवी ढकालले १० हजार ९१५ मत पाइन् ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु