nmb bank

गृहपृष्ठ कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ (१) बमोजिम अधिवेशन आह्वान गरेकाे प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानमा प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।

प्रदेशसभाको नवौँ अधिवेशन गत वैशाख २१ गते अन्त्य भएको थियो । १०औँ अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु