गृहपृष्ठ एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा ३० बर्षपछि एमाले हार्याे
एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा ३० बर्षपछि एमाले हार्याे

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडामा एमाले पराजित भएको छ । बुटवल उपमहानगरपालिका-८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै काँग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।
एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै कांग्रेसका पंगेनी विजयी भएका छन् । यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो । ३० बर्षदेखि जित्दै आएको एमाले पहिलोपटक पराजित भएपछि पौडेलमाथिसमेत दबाब परेको छ ।
३ हजार ४३० मत खसेको यो वडा बुटवलका पूर्वनगर प्रमुख एवं प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ र एमालेका स्वर्गीय नेता रामनाथ ढकालको पनि वडा हो ।
प्रकाशित समय : १३:४२ बजे