global ime bank Long Banner Ad

गृहपृष्ठ भरतपुरमा दाहालको अग्रता कायमै

भरतपुरमा दाहालको अग्रता कायमै

भरतपुरमा दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । उनले तीन हजार ३१० मतान्तरले अग्रता लिएकी छन् ।महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गरेकी छन् । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा नं ३ मा एमाले विजयी भएको छ ।

वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु