गृहपृष्ठ ललितपुर महानगरमा चिरीबाबु र मञ्जलीको अग्रता कायमै
ललितपुर महानगरमा चिरीबाबु र मञ्जलीको अग्रता कायमै
ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गनेर सकिंदा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थप फराकिलो बनाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा ९ हजार भन्दा बढी मतअन्तरले अघि छन् ।
निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायमै छ ।
उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्य भन्दा ३ हजार ५३९ मत अन्तरले अगाडि छिन् । मञ्जलीले ११ हजार ९६५ मत पाउँदा बाबुराजको मत ८ हजार ४२६ मात्र छ । उपमेयरका अर्का उम्मेदवार स्वर्णिम शाक्यको पक्षमा ३ हजार ३७९ मत परेको छ ।
नेपाली कांग्रेसको उपमेयर उमेदवार नै नभएको रुख चिह्नमा ५ हजार ८०० मत परेको छ ।
प्रकाशित समय : १४:५८ बजे



















