गृहपृष्ठ विविधतामा एकता र समानतामा आधारित नेपाल निर्माण गरौँ : कुलमान घिसिङ
विविधतामा एकता र समानतामा आधारित नेपाल निर्माण गरौँ : कुलमान घिसिङ
Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
काठमाडौं । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको सम्मान : जीवन र स्वास्थ्यको संरक्षण’ भन्ने मूल नाराका साथ विश्व आदिवासी दिवस मनाइरहँदा आदिवासी जनजातिका मौलिक ज्ञान, परम्परा तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवनपद्धतिको सम्मान र संरक्षणको महत्त्व अझ गहिरो रूपमा स्मरण गर्नुपर्ने अध्यक्ष घिसिङले बताए
उनले विश्व आदिवासी दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई आफ्नो पहिचान, भाषा, संस्कृति, परम्परा र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि प्राप्त उपलब्धिको समीक्षा गर्ने र बाँकी चुनौतीहरूको सामना गर्ने संकल्प गर्ने महत्त्वपूर्ण दिन भएको उल्लेख गरे ।
प्रकाशित समय : १०:४८ बजे

















