गृहपृष्ठ स्थानीय तह निर्वाचन : ५०४ पालिका प्रमुखको परिणाम आउँदा कुन दलले कति जिते ?
स्थानीय तह निर्वाचन : ५०४ पालिका प्रमुखको परिणाम आउँदा कुन दलले कति जिते ?
वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनकाे मतपरिणा आउने क्रम अन्तिम चरणतर्फ पुगेकाे छ । बुधबार बेलुकीसम्म ५ सय ४ पालिकाकाे चुनावी परिणाम आइसकेकाे छ ।
पछिल्लाे मत परिणामअनुसार सत्तारूढ दल नेपाली कांग्रेसले २२६ पालिका प्रमुख जित्दै पहिलो स्थानमा छ । त्यसैगरी १ सय ४५ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । २०७४ सालकाे स्थानीय निर्वाचनमा पहिलाे भएकाे एमाले यसपटक हालसम्मकाे परिणामअनुसार समग्रमा दाेस्राे स्थानमा कायम छ ।
७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले ९८ स्थानमा जित हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले समान ९-९ स्थानीय तह प्रमुखमा विजय हासिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतन्त्रिक समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १७ स्थानीय तहको प्रमुख जितेका छन् ।
त्यसैगरी कांग्रेसले २ सय १३ स्थानीय तहको उप प्रमुख जितेको छ । एमाले १ सय ५१, नेकपा माओवादी केन्द्र १ सय ३ र नेकपा (एकीकृत समाजवादी) १६ स्थानीय तहको उपप्रमुखमा विजयी भएका छन् । जनता समाजवादी पार्टीले १०, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उपप्रमुखमा जित हासिल गरेको छ ।
महानगरपालिका, उपमहानगरपालिका, धेरै मतदाता रहेका नगरपालिकाहरुको मतगणना जारी रहेको छ । यसमध्ये केहीमा विवाद निस्किएका कारण गणनामा थप ढिलाइ भइरहेकाे छ । यसका साथै वैशाख ३० गते विविध कारणले स्थगित भएका स्थानहरूमा आज पनि मतदान भएकाे छ ।
प्रकाशित समय : ०४:०६ बजे