थप १३ जनामा कोरोना पुष्टि, कति छन् अहिले सक्रिय संक्रमित ?
वि.सं.२०७९ वैशाख २७ मंगलवार २३:४०
shares

पछिल्लो २४ घण्टामा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल देशभर १८५ जना सक्रिय संक्रमित रहेका छन् ।

























