काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेसले सुशासन र विकासमा बाधा पुर्‍याएको छ : ओली

14.11K
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा खडा गरेको आरोप लगाएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गति लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

हालै जारी भएको कांग्रेसको चुनावी घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्ने ओलीले बताए । एमालेले उत्पादन र उत्पादकत्व वृद्धि, भौतिक पूर्वाधार निर्माण र सामाजिक न्याय, सुशासन अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका काम गरिरहेका बेला कांग्रेसको षडयन्त्रले चरम उत्कर्षको रूप लिएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने, ‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो ।’