गृहपृष्ठ एनएमबी बैंकको डिजिटल प्लेटफर्मबाट केयूकेएलको महशुल भुक्तानी

एनएमबी बैंकको डिजिटल प्लेटफर्मबाट केयूकेएलको महशुल भुक्तानी

एनएमबी बैंकको डिजिटल प्लेटफर्मबाट केयूकेएलको महशुल भुक्तानी

एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरेको छ । सम्झाैताअनुसार एनएमबी बैंकको ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्न सक्नेछन् ।

एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांक’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबी बैंकले देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु