गृहपृष्ठ नेपालको किफायती बलिङ, सस्तैमा समेटियो जिम्बावे
नेपालको किफायती बलिङ, सस्तैमा समेटियो जिम्बावे
जिम्बावे 'ए'ले दोस्रो एकदिवसीयमा नेपाललाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटियो ।
नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए । नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो । 'आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे 'ए'सँग सिरिज खेलिरहेको हो ।
प्रकाशित समय : १८:२७ बजे



















