गृहपृष्ठ चुनावी सभा सम्बोधन गर्न प्रचण्ड धनुषा पुगे, देउवा धनुषा र तनहुँ भ्याउँदै
चुनावी सभा सम्बोधन गर्न प्रचण्ड धनुषा पुगे, देउवा धनुषा र तनहुँ भ्याउँदै
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ धनुषा आइपुगेका छन् । मिथिला नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड शनिबार बिहानै उनी धनुषा आइपुगेका हुन् ।
मिथिलामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । आज १२ बजे मिथिला नगरपालिका ९ बडहडीस्थित आयोजित सभालाई प्रचण्डले सम्बोधन गर्नेछन् । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्नेछन् ।
जनकपुरधामको तिरहुतिया गाछीमा हुने सत्ता गठबन्धनको चुनावी सभालाई देउवा, गृहमन्त्री बालकृष्ण खाँण, जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री देउवाले आज नै तनहुँमा हुने पार्टीको चुनावी सभालाई समेत सम्बोधन गर्ने कार्यतालिका छ । देउवाले तनहुँको सभालाई सम्बोधन गरेर धनुषा पुग्नेछन् ।
जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धले जसपाबाट लालकिशोर साहलाई मेयर पदको साझा उमेदवार बनाएको छ । कांग्रेसकी किशोरी साह उपमेयर पदकी साझा उमेदवार हुन् ।
प्रकाशित समय : १६:२९ बजे



















