गृहपृष्ठ ओप्पोको ए७६ फोनमा विशेष अफर
ओप्पोको ए७६ फोनमा विशेष अफर
स्मार्टफोन कम्पनी ओप्पोले मे महिनामा ए७६ मोबाइलमा विशेष अफर ल्याएको छ । अफरमार्फत ग्राहकले ओप्पो ए-७६ किन्दा अन्य यी ३ उत्पादनहरुमा २ हजार रुपैयाँको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसअन्तर्गत ओप्पो फिटब्यान्ड पहिलेको बजार मूल्य ५ हजार ५९९ रुपैयाँ पर्नेमा अब मात्र ३ हजार ५९९ रुपैयाँमा पाउनेछन् । त्यस्तै, ओप्पो डब्ल्यु३१ पनि ४ हजार ९९० रुपैयाँमा पाउनेछन् । यसको पहिलेको बजार मूल्य ६ हजार ९९० रुपैयाँ रहेको थियो । त्यसैगरी ओप्पो डब्ल्यू५१ मा पनि विशेष छुट पाउनेछन् । कम्पनीका अनुसार पहिले ८ हजार ९९० मा पाइनेमा अब मात्र ६ हजार ९९० रुपैयाँमा आउनेछ ।
कस्तो छ ए७६ फोन ?
ओप्पोे ए-७६ मा ६.५६ इन्चको पन्च-होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ । प्रयोगकर्ताहरुलाई उत्पादनमूलक रहन तथा विना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङसहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।
ओप्पो ए-७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत ३२६४ह्२४४८ रिजोल्युसन सम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ । यो फोनमा ए-आई नेचुरल रिटचिङ ब्युटिफिकेशन प्रविधि परिष्कृत गरिएको कम्पनीको भनाइ छ । यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ । यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्रेट शटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी इफेक्ट्स फोनको माथिल्लो भागमा सुपरईम्पोज गरिएको छ ।
यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ । फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभव सहित अझ परिस्कृत पनि देखिन्छ । ओप्पोे ए-७६ नेपाली बजारको मूल्य मात्र २९ हजार ९९० रुपैयाँ रहेकाे कम्पनीले जनाएकाे छ ।
प्रकाशित समय : २१:२२ बजे



















