global ime bank Long Banner Ad

गृहपृष्ठ अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्छ, ब्रोकर कम्पनी थप्नुपर्छ : शेखर गोल्छा

अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्छ, ब्रोकर कम्पनी थप्नुपर्छ : शेखर गोल्छा

अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्छ, ब्रोकर कम्पनी थप्नुपर्छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताएका छन् ।

महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रको बाह्य प्रभाव पुँजी बजारमा समेत परेको बताए । अहिले बजारलाई निकै ठूलो नकारात्मक असर परेको भन्दै ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको अध्यक्ष गोल्छाको भनाइ छ ।

५१ लाख ५० हजार डिम्याट खाता पुगेको भन्दै उनले पुँजी बजारप्रति जनचासो व्यापक बढेको बताए ।

सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताएका गोल्छाले बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए । पुँजी बजार क्षेत्रको विकास र विस्तारका लागि महासंघले विशेष दस्तावेज बनाउन लागेको समेत जानकारी दिएका छन् ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु