global ime bank Long Banner Ad

गृहपृष्ठ डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

वर्षाैँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका-४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्णा यात्रा गर्न बाध्य छन् ।

कामविशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ ।

'गाउँदेखि धनुषाधाम बजारसम्म पुग्न समस्या छ', रामपुरकी सीतादेवी यादवले भनिन्, 'पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर बजारसम्म पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरेर पुग्ने गरेका छन् । सुक्खायाममा केही सहज भए पनि बाढीको समयमा दुई महिनासम्म स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुन्छ । यो समस्याबारे वडा र नगरका जनप्रतिनिधिदेखि मन्त्रीसम्मलाई अवगत गराएँ, तर अझै खोलामा पुल निर्माणका लागि कुनै पहल हुनसकेको छैन ।',

सो खोलामा पुल निर्माण भए सहजरूपमा बजारसम्म आवतजावत गर्न सकिन्छ । पुल निर्माणपछि गाउँबाट धनुषाधाम बजारसम्म पुग्न पाँच किलोमिटर जति मात्र हुनेछ । त्यो दूरी पैदल एक घण्टा र सवारीसाधनमा ओहोरदोहोर गर्न १० मिनेट मात्र लाग्छ । पुल निर्माण नहुँदा घुमारो बाटो प्रयोग गर्न बाध्य भएको उनको दुःखेसो छ ।

बालुवा खोलाको बाढीले बर्सेनी क्षति पुर्‍याउने गरेको स्थानीयवासीले जनप्रतिनिधिदेखि केन्द्रीय नेतालाई गुहार्दै आएका छन् । '‘खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाबारे गुहार्दै आएका छौँ, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्', रामपुरकै सुभद्रा देवीले भनिन्, 'निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पुर्‍याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराए पनि आश्वासनबाहेक केही पाउन सकेका छैनौँ ।'

खोलामा तटबन्धसँगै पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताले बताएका छन् । 'चुनावका बेला भोट लिन ठूला-ठूला आश्वासन बाँड्ने नेता पदमा पुगेपछि बिर्सिने गरेका छन्', लवटोलियाका सिम्रिक साहले भने, 'अब बालुवा खोलामा पुल निर्माणको ग्यारेन्टी गर्ने नेतालाई मात्र हामी मत दिन्छौँ ।'

बाढीले बर्सेनि वरिपरिका गाउँ डुबानमा पर्ने समस्या छ ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु