गृहपृष्ठ २ महिनाभित्रै विदेशमा बस्ने नेपालीले आईपीओमा कोटा पाउँछन् : अध्यक्ष हमाल
२ महिनाभित्रै विदेशमा बस्ने नेपालीले आईपीओमा कोटा पाउँछन् : अध्यक्ष हमाल
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गरिने बताएका छन् । यसका लागि कार्यविधि बनिरहेको हमालले बताए ।
बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिन भएको भन्दै उनले भने, ‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन गनेर काम गरिरहेको छु, म केही गर्न आएको हो ।’
नेपाल उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उनले बुक विल्डिङलाई अब अगाडि बढाइने समेत बताए । पारदर्शितामा कसैले भन्ने ठाउँ बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताए ।
प्रकाशित समय : १७:५७ बजे



















