global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले जिम्बावेलाई दियो १३७ रनको लक्ष्य

नेपालले जिम्बावेलाई दियो १३७ रनको लक्ष्य

नेपालले जिम्बावेलाई दियो १३७ रनको लक्ष्य

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे‘ए’लाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन मात्र जाेड्न सकेकाे हाे ।

नेपालका सात ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसकेर आउट भए । नेपालले दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो । ओपनर कुशललाई भिक्टोर नउचीले १९ रन बनाएर क्याच आउट गराए । नेपालले तेस्रो ओभरको पाँचौं बलमा आरिफ शेखको रुपमा दोस्रो विकेट गुमायो । बार्ड इभान्सले आरिफ शेखलाई ५ रनमा क्याच आउट गराए । आरिफ शेख ५ रन बनाएर चौथो ओभरको दोस्रो बलमा आउट भए । उनलाई  नउचीले बोल्ड आउट गराए । सातौं ओभरमा नेपालका रोहितकुमार पौडेलले नेपालको चौथो विकेटको रुपमा एलबीडब्लू आउट भए । उनलाई इभान्सले ३ रनमा क्याच आउट गराए ।

नेपालले दशौं ओभरको पाँचौं बलमा आफ्नो पाँचौं विकेट गुमायो । दीपेन्द्रसिंह ऐरीलाई इभान्सले १८ रनमा क्याच आउट गराए । १४औं ओभरको चौथो बलमा आदिल अन्सारी २ रन बनाएर आउट भए । उनलाई मोटुवाले क्याच आउट गराए । १९औं ओभरको पहिलो बलमा सुसन भारी बर्नान्डो मभुताको बलमा एलबीडब्लू आउट भए । २८औं ओभरको चौथो बलमा नेपालले आठौं विकेट गुमायो । नेपालका सोमपाल कामी ३० रन बनाएर क्याच आउट भए । 

३१औं ओभरको चौथो बलमा नेपालले नवौं विकेट गुमायो । नेपालका करण केसी २५ रन बनाएर क्याच आउट भए । कप्तान सन्दीप लामिछाने ४ रन बनाएर ३१ ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट भए । नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा अग्रता लिने योजनामा छ ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु