गृहपृष्ठ नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक
नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक
काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक गरिएको छ।
आज आइतबार पाटन दरबार स्क्वायरमा ट्रफी सार्वजनिक गरिएको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन् ।
पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
नेपाल भलिबल लिगको यो पहिलो संस्करण हो। यसमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित समय : १५:३७ बजे


















