काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘स्थानीय तह निर्वाचन २०७९’मा कति छन् उम्मेदवार ? (सूचीसहित)

12.79K
shares

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको हाे । नामावलीमा थपघट हुन सक्ने आयोगको भनाइ छ ।

आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र पद सहितको विवरण सार्वजनिक गरेको हो । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगले उल्लेख गरेकाे छ । केही स्थानमा निर्वाचनको संशाेधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रविष्ट हुन बाँकी विवरण थपघट हुन सक्ने आयोगले जनाएकाे छ ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराइएको थियो ।

सूची :