काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जिम्बावेविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

12.19K
shares

घरेलु टोली नेपालले जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी२० खेलमा टस जितेर पहिला फिल्डङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा ६ विकेटले पराजित नेपाललाई सिरिज बराबरी गर्न आजको खेल जित्नै पर्ने दबाब छ । यता, जिम्बावे पनि बुधबार नेपाललाई हराउँदै सिरिजमाथि कब्जा जमाउन चाहन्छ । नेपाल र जिम्बावेबीचको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले बुधबार दोस्रो खेलको टोलीलाई नै निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ-११ :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), करण केसी, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सोमपाल कामी, आदिल अन्सारी, अविनाश बोहरा र बसिर अहमद ।