सुनचाँदीको मूल्य बढ्यो
वि.सं.२०८३ असोज २३ शुक्रवार ११:४६
shares

सारांश
- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
- सुन तोलामा दुई हजार ९०० र चाँदी १५ ले बढेको छ ।
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४०५ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी चार हजार ३९० मा किनबेच भएको थियो ।
























