काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रम

403
shares

ai logo सारांश

  • चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रमको आयोजना गरिएको छ।
  • विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो।

चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रमको आयोजना गरिएको छ।

विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो।

उद्योग सङ्घ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो। सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गरेका थिए। एक वाकको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए। क्रमशः सङ्गीतको तालमा नाच्दै सहभागीले एक वाक गरेका थिए।

केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार वाक अस्पतालरोड, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोकबाट पुनः चौबीसकोठी, एयरपोर्ट चोक हुँदै सङ्घको परिसरमा आएर समापन गरिएको छ।

सहभागीहरूले मानव स्वास्थ्यमा अण्डाको महत्त्व दर्साउने झाँकी प्रस्तुत गरेका थिए। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गरेका थिए।

अण्डा सन्तुलित आहारको महत्त्वपूर्ण हिस्सा हो। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्वमा अण्डा दिवस मनाउने चलन छ।

‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ यस वर्ष विश्व अण्डा दिवसको नारा हाे।

सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिएको हो।