काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

442
shares

ai logo सारांश

  • - नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान ए ले पहिलो अभ्यास खेलमा जितको लागि १६१ रनको लक्ष्य दिएको छ ।

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान ए ले पहिलो अभ्यास खेलमा जितको लागि १६१ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमीतर्फ २ मा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ए ले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल बनायो । ओमान ए का लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका नन्दन यादवले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यसैगरी गुल्शन झा, ललित राजवंशी र शाहब आलमले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।