काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पार्टीबाटै निकालिए विप्लव

9.48K
shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला 'कञ्चन' पक्षको भेलाले महासचिव विप्लवलाई कारबाही गरेको छ । आजदेखि चितवनमा सुरू भएकाे साे समूहकाे विशेष भेलाले विप्लवलाई पार्टीबाटै निष्कासन गरेकाे हाे ।

विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको साे समूहकाे आराेप छ । क्रान्तिमा विचार प्रमुख हतियार रहेको र विप्लवहरुले विचार नै समाप्त पारेकाले पार्टीको विशेष राष्ट्रिय भेला आयोजना गर्नुपरेको उनीहरूकाे भनाइ छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’काे पनि जिम्मेवारी खाेसिएकाे छ । यसअघि, विप्लवले पार्टीको हितविपरीत लागेको भन्दै ओली र बास्तोलालाई कारबाही गरेका थिए ।

विप्लव नेकपाभित्र स्थानीय निर्वाचनमा भाग लिएर जाने कि बहिष्कार गरेर अघि बढ्ने भन्ने विषयमा दुई धार देखिएको थियो । विप्लव पक्षले चुनावीलाई उपयोग गर्ने बताएको थियो भने अर्को पक्षले चुनाव बहिष्कार गरेर अघि बढ्ने बताएको थियो ।