काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जानकी नवमीमा सार्वजनिक बिदा दिन महन्थ वैष्णवको आग्रह

286
shares

काठमाडौं । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले जानकी नवमीका दिन सार्वजनिक बिदा दिन नेपाल पत्रकार महासंघले पहल गर्नुपर्ने बताएका छन् ।

जानकी नवमीका अवसरमा सार्वजनिक बिदा दिन पहल गर्न वैष्णवले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पूर्वअध्यक्ष धर्मेन्द्र झालगायत केन्द्रीय समितिका पदाधिकारीलाई आग्रह गरे ।

महन्थ वैष्णवले जानकी नवमी माता सीताको जन्मोत्सव भएकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिए ।

उनले सीता नेपाली समाजमा छोरीको पहिचान र गौरवसँग जोडिएको बताउँदै जानकी नवमीले देशमा छोरीप्रधान संस्कृतिको महत्त्वसमेत उजागर गर्ने धारणा व्यक्त गरे ।

उनका अनुसार माता सीताको जन्मोत्सवलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न सके नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान थप सुदृढ हुनेछ । उनले माता सीताको महिमा र योगदानलाई राष्ट्रियस्तरमा सम्मान गर्नुपर्ने बताए ।

महन्थ वैष्णवले माता सीताको बाल्यकालसँग जोडिएका प्रसङ्ग उल्लेख गर्दै पाँच वर्षको उमेरमा सीताले धनुष उठाएको धार्मिक मान्यताको स्मरणसमेत गरे ।

उनले जानकी नवमीलाई राष्ट्रिय महत्त्वको पर्वका रूपमा स्थापित गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।