काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस महाधिवेशनमा मतदान जारी, निर्धारित समयमै मतदान सम्पन्न गर्ने तयारी

416
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको निर्वाचन अधिकृत शम्भुहरि बास्तोलाले बताएका छन्।

उनले मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भइरहेको र निर्धारित समयमै मतदान सम्पन्न गर्ने तयारी रहेको बताए।

बास्तोलाका अनुसार मतदान सुरु भएको दुई घण्टाको अवधिमा करिब २ हजार ५०० प्रतिनिधिले मतदान गरिसकेका छन्। उम्मेदवारको सङ्ख्या धेरै हुनु र २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले एक प्रतिनिधिलाई मतदान गर्न केही समय लागिरहेको उनले बताए।

‘अहिले मतदानको व्यवस्थापन राम्रो छ, मतधान सरासर भइराखेको छ। मतदाताहरू पनि एकदम उत्साहित भएर आउनुभएको छ । २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले अलिकति समय लागेको छ,’ उनले भने।

उनका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न औसतमा २० देखि २५ मिनेट लाग्ने गरेको छ । मतदानस्थलभित्रको चापअनुसार कसैले १० देखि १५ मिनेटमै मतदान सक्ने भएपनि केही प्रतिनिधिलाई बढी समय लाग्ने गरेको उनले बताए । व्यवस्थापन गरिएका विभिन्न स्थानबाट मतदानका लागि प्रवेश गरेका प्रतिनिधि करिब २० देखि ३५ मिनेटभित्र बाहिरिने गरेको उनको भनाइ छ।

मतदान प्रक्रियाअन्तर्गत प्रतिनिधिहरूले विभिन्न क्लस्टरका सभापति, उपसभापति, महामन्त्री तथा खुला सहमहामन्त्रीलगायत पदमा छुट्टाछुट्टै मतपत्रमार्फत मतदान गरिरहेका छन्।

निर्वाचन अधिकृत बास्तोलाले मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति राम्रो रहेको उल्लेख गर्दै निर्धारित समयमै मतदान सम्पन्न गर्ने विश्वास व्यक्त गरे।