गृहपृष्ठ राष्ट्रिय भलिबल : आर्मीको लगातार तेस्रो जित

राष्ट्रिय भलिबल : आर्मीको लगातार तेस्रो जित

राष्ट्रिय भलिबल : आर्मीको लगातार तेस्रो जित

छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबार भएको खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो । यसअघि आर्मीले एपीएफ क्लब र गण्डकी प्रदेशलाई पराजित गरेको थियो । आजको खेलमा आर्मी गल्कोटमाथि २५-१२, २५-११ र २५-२२ को सेटमा पराजित गर्दै विजयी भयो । जितसँगै आर्मीले तीन खेलमा नौ अंक जोडेर शीर्ष स्थान बनाएको छ । यता पराजित गल्कोटको भने यो लगातार तेस्रो हार हो । लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् ।

विजेता टोलीले छ लाख तथा उपविजेताले तीन लाख रूपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्नेछ ।

प्रकाशित समय : ००:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु