nmb bank

गृहपृष्ठ नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

बोको हराम विद्रोहीका विरुद्धमा यहाँस्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकू मारिएको नाइजेरियाली सेनाले जानकारी दिएको छ ।

बोको हरामका विरुद्धमा नाइजेरियाली सेनाले पछिल्ला केही दिनयता कारबाही जारी राखेको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई तथा स्थल कारबाहीमा परेका हुन् । नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु नाइजेरियाको उत्तरी क्षेत्रमा अवस्थित बोर्नाे राज्यमा भएको कारबाहीमा परेर मारिएका हुन् । पश्चिमी अफ्रिकी नेताहरुले केही महिनाअघि नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ ।

सो क्षेत्रमा पछिल्लो समयमा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ । यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ । यो कारबाही रक्षात्मक रुपमा भएको नाइजेरियाली सेनाले जनाएको छ । यहाँको सेनाका अनुसार सो कारबाही जारी रहेको छ ।

प्रकाशित समय : २३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु