nmb bank

गृहपृष्ठ मारिउपोलकाे स्टिल कारखानाबाट दर्जनाैं सर्वसाधारणको उद्धार

मारिउपोलकाे स्टिल कारखानाबाट दर्जनाैं सर्वसाधारणको उद्धार

मारिउपोलकाे स्टिल कारखानाबाट दर्जनाैं सर्वसाधारणको उद्धार

धेरै दिनदेखि रुसी फौजको कब्जामा रहेको युक्रेनको मारिउपोल सहरस्थित एजोभ्स्टाल स्टिल कारखानाबाट आइतवार दर्जनौँ सर्वसाधारणकाे उद्धार गरिएकाे छ । सामरिक रूपमा निकै महत्वपूर्ण यस सहरको बृहत औद्योगिक क्षेत्रमा युक्रेनी फौजले अन्तिम शरण लिएका थिए ।

रुसले दर्जनौँ सथानीय सर्वसाधारण आफ्नो नियन्त्रणमा रहेको एउटा गाउँमा आइपुगेको बताएको छ । त्यसैगरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो कारखानाबाट निकालिएका थुप्रै सर्वसाधारण आफ्नो नियन्त्रणमा रहेको जापोरिझझिया सहरतर्फ गइरहेका बताएका छन् । उनले ट्विटर मार्फत भनेका छन्, 'करिब एक सय जनाको पहिलो समूह युक्रेन नियन्त्रित सहरतर्फ बढिसकेको छ । हामीले भोलि तिनीहरूलाई जापोरिझझियामा भेट्नेछौँ । हाम्रो टोलीप्रति कृतज्ञता छ ! अहिले तिनीहरूले संयुक्त राष्ट्र संघसँग मिलेर कारखानाबाट सर्वसाधारणहरूलाई निकाल्ने काम गरिहेका छन् ।'

संयुक्त राष्ट्र संघले आफू रेडक्रस र द्वन्द्वमा फसेका व्यक्तिहरुसँग मिलेर काम गरिरहेको पुष्टि गरेको छ । त्यसैगरी रुसी रक्षा मन्त्रालयले स्टिल कारखानाबाट बाहिरिएका करिब पचास जना सर्वसाधारणलाई रुसी नियन्त्रित युक्रेनी क्षेत्रमा रहेको बेजिमेन्ने गाउँमा लगिएको बताएको छ ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु