गृहपृष्ठ ताप्लेजुङमा वडाध्यक्षसहित १० जना निर्विरोध
ताप्लेजुङमा वडाध्यक्षसहित १० जना निर्विरोध

स्थानीय तहको निर्वाचनअन्तर्गत ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारीसमेत फिर्ता भएसँगै निर्विरोध भएका हुन् ।
हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका-७, ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । निर्विरोध हुनेमा नेपाली कांग्रेसबाट तीन जना, कम्युनिष्ट पार्टी (एमाले)बाट एक जना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट एक जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १४:२३ बजे