global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल लाइफ इस्योरेन्सका अभिकर्तालाई सोनु शर्माको मोटिभेसन क्लास

नेपाल लाइफ इस्योरेन्सका अभिकर्तालाई सोनु शर्माको मोटिभेसन क्लास

नेपाल लाइफ इस्योरेन्सका अभिकर्तालाई सोनु शर्माको मोटिभेसन क्लास

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका एक हजार ३४५ सक्रिय अभिकर्ताहरुको सहभागिता रहेको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीका अभिकर्ताहरूले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरुको प्रशंसा गरे । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी आठ अर्ब २१ करोड रहेको छ भने लगानी १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । २ लाख ३ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २०२ कार्यालय सञ्जालमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोश, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरूको भनाइ रहेको थियो ।

प्रकाशित समय : ०१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु