global ime bank Long Banner Ad

गृहपृष्ठ उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुले आज निर्वाचन चिह्न पाउने भएको छन् । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

हिजो निर्वाचन आयोगले उजुरीउपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदवारहरु नै प्रतिस्पर्धामा उत्रनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् ।

स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुनेछ ।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु