nmb bank

गृहपृष्ठ सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाही

सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाही

सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाही

सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर निर्वाचन आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने सत्ता गठबन्धनको तयारी छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको छ ।

चितवनलगायत विभिन्न जिल्लामा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन् । सत्तागठबन्धनका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आजसम्म उम्मेदवारी फिर्ता लिन चाहनेलाई समय छ ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु