global ime bank Long Banner Ad

गृहपृष्ठ थप २१ जनामा कोरोना संक्रमण

थप २१ जनामा कोरोना संक्रमण

थप २१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

साे अवधिभित्र कसैको मृत्‍यु भएको छैन । थप १७ जना काेराेनामुक्त भएका छन् । नेपालमा काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७० जना होम आइसोलेसन र १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९४५ पुगेको छ ।

प्रकाशित समय : ००:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु