global ime bank Long Banner Ad

गृहपृष्ठ देशभर १८ संक्रमित थपिए, कति छ सक्रिय संक्रमितकाे संख्या ?

देशभर १८ संक्रमित थपिए, कति छ सक्रिय संक्रमितकाे संख्या ?

देशभर १८ संक्रमित थपिए, कति छ सक्रिय संक्रमितकाे संख्या ?

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । केही दिनयता कोरोनाका कारण हुने मृतकको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर १७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित समय : २३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु