nmb bank

गृहपृष्ठ यस्ताे छ एमालेकाे ४८ पृष्ठकाे घाेषणापत्र

यस्ताे छ एमालेकाे ४८ पृष्ठकाे घाेषणापत्र

यस्ताे छ एमालेकाे ४८ पृष्ठकाे घाेषणापत्र

नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र समााजिक जागरण र विकासका अभियन्ता हुने संकल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ ।

च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आज सार्वजनिक घोषणापत्रमा एमाले नेतृत्वको पालिका सुशासनको नमूना बन्ने, भ्रष्टाचार नगर्ने र सदाचारको दृष्टान्त बन्ने उल्लेख छ । घोषणापत्रमा गुणस्तरीय शिक्षाका आधारमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधारमा ध्यान दिइने उल्लेख छ । सामुदायिक शिक्षालाई गुणस्तरीय, सीपमुलक र जीवनउपयोगी बनाइने उल्लेख छ ।

पूर्वाधार, जनशक्ति, वित्तिय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गरिने घोषणापत्रमा उल्लेख छ । नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत सुन्दर, सफा, सभ्यपालिकाको निर्माण गरिने उल्लेख छ । आधुनिक ऊर्जाको प्रयोगमार्फत उज्यालो पालिका बनाइने उल्लेख छ । कृषितर्फ, सिँचाइको विस्तार, कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाइने उद्देश्य लिइएको छ ।

विकसित पालिका र सुरक्षित आवासका लागि एकीकृत वस्ती, योजनाबद्ध सहरी विकासको योजना अघि सारिएको छ । सो घोषणापत्रमा मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दै स्थानीय पहिचानको अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने उल्लेख छ । ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, असाहयको संरक्षण गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने उल्लेख छ ।

घाेषणापत्र :

प्रकाशित समय : ०३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु