nmb bank

गृहपृष्ठ जुम्लामा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

जुम्लामा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

जुम्लामा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

‘आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो’, चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।’ आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु