इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औलो रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने
वि.सं.२०७९ वैशाख ९ शुक्रवार २३:०६
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्रगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औलो रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्न भएको छ । महाशाखाले 'औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं, र जीवन बचाऔं' भन्ने नाराका साथ विश्व औलो दिवस का उपलक्षमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बैशाख ११ गते आइतबार दिउँसो १ः ३० बजे, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा हुने भएको छ ।

























