गृहपृष्ठ दाङको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते

दाङको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते

दाङको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते

दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण भएको छ । आक्रमणमा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला अपरिचित समूहले आक्रमण गरेको हो ।

झपडको क्रममा ८ जना घाइते भएको र उनीहरू थप बुटवलतिर लागेका छन् । नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो । तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित समय : २२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु