global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दक्षिण कोरियामा २४ घण्टामा थप ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित

दक्षिण कोरियामा २४ घण्टामा थप ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित

दक्षिण कोरियामा २४ घण्टामा थप ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित

दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित देखिएको छ । यससँगै कोरोनाका कुल संक्रमितको संख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरिया रोग नियन्त्रण र रोकथाम निकायका अनुसार अघिल्लो दिन कोरोना संक्रमतिको संख्या एक लाख ११ हजार ३१९ रहेको थियो । गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना संक्रमणको कारण थप १४७ मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ ।

साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको छ । दक्षिण कोरियामा कोरोना विरुद्वखोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ । उक्त संख्या कुल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाएको छ  ।

प्रकाशित समय : २३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु